दिपीकालाई किस गरेको भन्दै रणवीरबिरुद्ध मुद्दा

342
  •  
  •  
  •  

माघ २३ (एजेन्सी)  : रणवीर सिंह, दीपीका पादुकोण, अर्जुन कपुर र करण जौहर मिलेर यूट्यूबमा अपलोड गरिएको एक कमेडि भिडियोको विवाद थप चर्किएको छ ।

भिडियो अपलोडपछि चारै जनाबिरुद्ध मुद्दा दर्ता गरिएको छ । रणवीरबिरुद्ध भने फेरि अर्काे मुद्दा पनि दर्ता भएको छ । सबैलाई पुनेका इन्स्पेक्टर वजीर हुसैन शेखले मुद्दा दर्ता गराएका हुन् ।

शेखले रणवीरबिरुद्ध दीपीकालाई किस गरेको भन्दै अर्काे मद्दा दर्ता गराएका छन् । शेखका अनुसार मुम्बईको एक रंगशालामा भएको उक्त भिडिया सुटिङको दौरान चार हजार मनासि रहेका थिए ।

हजारौ मानिसको सामू किस गर्नु भारतीय संस्कृतीबिरुद्ध भएको भन्दै मुद्दा दर्ता गराइएको हो । रणवीरलाई अपात्तिजनक व्यवहार गरेको आरोप लगाइएको छ ।


  •  
  •  
  •