कट्रिना र रणवीर सँगै

150
  •  
  •  
  •  

बलिउडका हट कपल कट्रिना कैफ र रणवीर कपुर सार्वजनिक कार्यक्रम तथा पार्टीमा सँगै देखिन थालेपछि सञ्चारमाध्यमका लागि मसला बनेको छ। हालै करण जोहरले आयोजना गरेको एक पार्टीमा उनीहरू सँगै देखिएका थिए।

कार्यक्रममा कट्रिना प्राय: फोनमा व्यस्त देखिए पनि मुस्कुराउँदै दुवैजना सँगै बसेका थिए। वर्षौंदेखि रणवीर र कट्रिनाको प्रेमचर्चा चले पनि सार्वजनिक कार्यक्रम तथा सञ्चारमाध्यमको नजरमा एकसाथ देखा परेका थिएनन्।

करणको पार्टीमा कुनै हिच्किचाहटबिना प्रस्तुत भएपछि उनीहरू धेरै घनिष्ठ र जीवनको एउटा निर्णायक मोडमा पुगेको अनुमान गरिएको छ। एजेन्सी


  •  
  •  
  •