कश्मिरमा भेटिए अर्का रणवीर कपूर

60
  •  
  •  
  •  

ranbir kapoor duplicate at kashmirकाठमाडौ/पुस : भनिन्छ विश्वमा एक व्यक्तिको अनुहार मिल्ने ७ व्यक्ति हुन्छन् । भारतका सलमान खानको अनुहारसँग मिल्ने एक व्यक्ति अफगानिस्तानमा भेटिएपछि धेरै मानिस चकित भएका थिए । फेरी एक पटक अर्का एक नायकको अनुहारसँग मिल्ने अनुहार भएका अर्का व्यक्ति भारतको कश्मिरमा भेटिएका छन् ।

भारतीय नायकसँग अनुहार मिल्ने व्यक्ति हुन्, जुनैद । उनी नायक रणवीर कपुर जस्तै देखिन्छन् । उनी अहिले एमबिए गरिरहेका छन् र मोडल बन्न चाहन्छन् । उनी आफूलाई रणवीरसँग तुलना गरेको मन पराउँदैनन् । जुनैदको फेसबुकमा एक पेज समेत बनेको छ, जसको नाम जुनैद शाह ‘दी अपकमिंग आर के’ रहेको छ । यो पेजमा उनको निकै धेरै तस्विरहरू रहेका छन् । ती तस्विरहरू हेर्दा सुरूमा जोकोही पनि धोका खान्छन् । रणवीरसँग उनको अनुहार यति धेरै मिल्छ की मानिसहरूले उनलाई रणवीरको कार्बन कपी समेत भन्ने गरेका छन् ।

रणवीरको जस्तै अनुहार भएका कारण उनी आफ्नो एक समूहमा त निकै चर्चित छन् र अहिले बिस्तारै फेसबुकमा पनि लोकप्रिय भइरहेका छन् ।

अफगानिस्तानमा भेटिए अर्का सलमान…(तस्विरसहित)


  •  
  •  
  •