कट्रिनाको हात माग्न रणवीर लण्डन जाने

287
  •  
  •  
  •  

Katrina- Ranbirकाठमाडौ, मंसिर(एजेन्सी) : नायक रणवीर कपुर नायीका कट्रिना कैफसँग नयाँ वर्ष मनाउनका लागि लण्डन जाने भएका छन् । कट्रिनाले नयाँ वर्ष लण्डनमा मनाउने भएपछि रणवीर पनि लण्डन नै जाने भएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले रणवीर र कट्रिनाले आफ्नो विवाहको अन्तिम निर्णय कट्रिनाको घरमा गर्ने बताएका छन् । लण्डनमा रणवीरले कट्रिनाकी आमासँग कट्रिनाको हात माग्ने बताइएको छ ।

यस्तै केही दिनदेखी मुम्बईमा दुई जना एकसाथ एकै घरमा बस्दै आएका छन् । यस घरमा उनीहरूले हालै आफ्ना नजिकका साथीहरू र आफन्तहरुलाई निम्तो पनि गरेका थिए । यसभन्दा पहिले जब स्पेनमा दुई साथै छुट्टी मनाइरहेको देखिएका थिए, त्यतिबेला पनि उनीहरूको रिलेशनसिप सबैको नजिक आएको थियो ।

रणवीर कपुर र कट्रिना कैफ यी दिनमा नयाँ वर्ष मनाउने योजना बनाइरहेका छन् । बलिउडको यी दुई स्टार्स लण्डनमा भेट हुनेछन् र त्यही न्यु इयर पार्टी पनि मनाउने छन् । उक्त पार्टी कट्रिनाको घरमा नै मनाउने बताइएको छ ।

यस बीचमा रणवीर कपुरले कट्रिनाको आमासँग पनि समय बिताउने छन् । सञ्चारमाध्यमहरुका अनुसार यी दुई मुम्बईमा साथै बस्ने गरेका छन्, यसले पनि पनि उनीहरू आगामी वर्ष विवाह बन्धनमा बाँधिने सम्भावना रहेको छ । यता रणवीरको घरमा भने कट्रिनाको विषयमा कुनै कुरा नभएको बताइएको छ ।

[facebook][tweet][Google][follow id=”onsnews1″ ]


  •  
  •  
  •