‘बम्बे भेलभेट’मा रणवीरको अवतार गज्जबको…(भिडियोमा)

381
  •  
  •  
  •  

काठमाडौ / चैत(एजेन्सी) : अनुराग कश्यपको करियरको सबैभन्दा महंगो बजेटमा बनेको चलचित्र ‘बम्बे भेलभेट’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा सन् १९६० को समयमा एक डन, फाइटर र नाइट क्लब गायकबीचकी मिष्ट्रीलाई देखाइएको छ ।

ट्रेलर हेर्दा यस चलचित्रमा द्धन्द्ध र रोमान्स रहेको अनुमान गर्न सकिन्छ । ट्रेलरमा रणबीरको पहिलो सम्वाद, ‘अब फेरी यहाँ देखिइस् भने, यसे आँखाको मुनी’ बाट नै अनुमान गर्न सकिन्छ की यो चलचित्रमा रणबीर कपूर नयाँ अवतारमा देखिने छन् । चलचित्रमा रणबीर स्ट्रीट फाइटर जनी बलराजको भूमिकामा देखिने भएका छन् र खलनायकको रूपमा करण जोहर रहेका छन् ।

पहिलो पटक खलनायकको भूमिका निभाईरहेका करणको लुक निकै शानदार देखिएको छ । चलचित्रका अन्य कलाकारमा अनुष्का शर्मा, केके मेनन, विवान शाह, मनीष शाह, मनीष चौधरी, सिद्धार्थ बासु र रबीना टण्डन रहेका छन् ।

‘फक्स स्टार इण्डिया’ र ‘फेटम’को ब्यानरमा निर्माण भएको यो चलचित्र १५ मे मा रिलिज हुने छ ।


  •  
  •  
  •