क्रिसमसको डान्स पार्टीका क्रममा रणवीर र कट्रिनाको किसले हंगामा

529
  •  
  •  
  •  

Katrina- Ranbirकाठमाडौ/पुस(एजेन्सी) : रणवीर कपुर र कट्रिना कैफले एक-अर्काबीचको प्रेमको सबै बाधाँ तोडिदिएका छन् । भारतीय सञ्चारमाध्मयहरुका अनुसार आफ्नो नयाँ घरमा साथीहरूका लागि आयोजित क्रिसमस पार्टीमा रणवीर र कट्रिनाले नृत्य गर्दै गर्दा यसरी डुबे की उनीहरूले सबैको अगाडी एक-अर्कालाई किस गरिदिए ।

उनीहरूले त्यहाँ रहेका सबैको वेवास्ता गर्दै एक-अर्कालाई चुम्बन गर्दै नृत्य गरिरहेका थिए । तर, नृत्य गर्दै किसमा झुमिरहेका बेला अर्को फ्याल्टमा सलमान खानको ‘जुम्मे की रात है’ बोलको गीत ठुलो स्वरले बज्न थालेपछि यी दुईको नृत्यमा अवरोध आएको बताइएको छ ।

समाचारहरुमा जनाइएअनुसार उक्त गीत सुनेपछि कट्रिनाको मुड केही खराब भएको थियो । तर, रणवीरले उक्त गीत सुनेर चिन्ता लिनु पर्ने केही आवश्यकता छैन् भनेका थिए । अहिले भने रणवीर र कट्रिना नयाँ वर्ष मनाउनका लागि लण्डन पुगिसकेका छन् । रणवीर कपुरले क्रिसमसका अवसरमा आफ्नो परिवारसँग लञ्च पनि खाएका थिए, राती नै लण्डनका लागि हिडेका थिए । लण्डनको एयरपोर्टमा रणवीरका केही प्रशंसकहरू उनको तस्विर क्यामरामा कै गरिरहेको देखिन्थ्यो । समाचारहरूमा जनाइए अनुसार रणवीर लण्डनपछी न्युयोर्क जाने छन् । कट्रिना पनि उनलाई साथ दिनका लगि न्युयोर्क पुग्ने छिन् ।

रणवीर लण्डनमा कट्रिनाकी आमासँग कट्रिनाको हात माग्न गएको अनुमान गरिएको छ । उनीहरूबीच छिट्टै विवाह हुने अनुमान समेत गरिएको सञ्चारमाध्मयहरुले गरेका छन् । तर, रणवीरले आफ्नो आगामी चलचित्र बम्बे भेलभेटको प्रदर्शन भएपछि मात्र विवाहको घोषणा गर्ने अनुमान गरिएको छ ।


  •  
  •  
  •