रणवीर र कट्रिनालाई सँगै बस्न प्रतिबन्ध !

199
  •  
  •  
  •  

Katrina- Ranbirकाठमाडौ/माघ : रणवीर कपूर र कट्रिना कैफ आजकल लिव इन मा बस्न थालेका छन् । यो विषय धेरैलाई थाहा भएको कुरा हो । तर, रणवीर र कट्रिनाले केहीदिनसम्म सँगै बस्न नपाउने भएका छन् ।

सधै साथमा रहने यी दुईको जोडीलाई केही समयका लागि टाढा रहनुपर्ने छ । यस्तो आदेश दिएका छन् निर्देशक अभिषेक कपूरले । ‘कोई पो छे’ फेम निर्देशक अभिषेक कपूरले आफ्नो आगामी चलचित्र ‘फितुर’को शुटिङगको योजना बनाएका छन् । यो चलचित्रमा कट्रिना कैफ, रेखा र आदित्य राय कपूरको मुख्य भूमिका हुनेछ । अभिषेक आफ्नो चलचित्रलाई लिएर निकै उत्साहित छन् र उनी यसको शुटिङग निकै राम्रोसँग सम्पन्न होस् भन्ने चाहन्छन् ।

चलचित्र ‘फितूर’को शुटिंग कश्मीरमा हुने बताइएको छ, जसका लागि चलचित्रको पुरै टोली कश्मीर जाने छ । चाँडै नै कैट्रिना पनि कश्मीरका लागि हिड्नेछिन् । भारतीय सञ्चारमाध्मयका अनुसार अभिषेक कपूनले शुटिंगमा जानु अघि रणवीर कपूरसँग कुराकानी गरेका छन् ।

उनले रणवीरलाई कश्मीर या शुटिङगमा नआउन आग्रह गरेका छन्, जसले गर्दा कैट्रिना पूर्ण रूपमा चलचित्रको शुटिंगमा व्यस्त हुन सकुन् । यो निर्णय सुनेर रणवीर र कट्रिनाको अवस्था कस्तो भयो होला त्यो भने कसैलाई थाहा छैन् । यता अभिषेक चलचित्र ‘फितुर’को लागि कुनै पनि चान्स लिन चाँहदैनन् ।


  •  
  •  
  •