पुनर्निर्माणपछि उद्घाटन भयो रानीपोखरी

97
  •  
  •  
  •  

 

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको रानीपोखरी र दरवार हाइस्कूलको उद्घाटन गरेकी छिन् ।

२०७२ साल बैशाख १२ मा गएको भूकम्पले क्षतिग्रस्त रानीपोखरी र दरवार हाइस्कूलको पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले बुधबार उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रताप मल्लको पालामा निर्माण भएको रानीपोखरीका माध्यमबाट वर्तमान पुस्तालाई लोककल्याणकारी र सामाजिक क्षेत्रमा काम गर्ने प्रेरणा मिल्दै आएको महशुस भएको बताइन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोगबाट गरेको रानीपोखरी पुनर्निर्माण काठमाडौँको विकासको लागि कोशेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरिन् ।

दरवार हाइस्कूलले स्थापना भएपछि शैक्षित चेतना र जागरण थपिएको उनको भनाइ छ ।


  •  
  •  
  •