बाटोमा पिसाब गरेको आरोपमा क्रिस्टियानो रोनाल्डो पक्राउ

196
  •  
  •  
  •  

ranaldo urinating at streetकाठमाडौ, २१ जेठ(एजेन्सी) : विश्वका चर्चित फुटबलका सुपरस्टार क्रिष्टियानो रोनाल्डो बाटोमा पिसाब गरेको आरोपमा पक्राउ परेका छन् । सेन्ट ट्रोपेजको सडकमा रोनाल्डो पिसाब गरिरहेको अवस्थामा भेटिएका थिए ।

ranaldo urinating at street1डेली मेलका अनुसार रियल मड्रिड स्टार रोनाल्डोलाई सोमबार राती सेन्ट ट्रोपेजको एक्सक्लूसिभ क्लब ली क्वइ अगाडि पिसाब गर्दै गरेको अवस्थामा देखिएका थिए । ला लीगाको संस्करणपछि ३० वर्षीय पोर्चुगल फुटबल टोलीका कप्तान रोनाल्डो आफ्ना साथीहरूसँग पार्टीका लागि त्यहाँ पुगेका थिए । रोनाल्डो आफ्ना साथीहरूको साथमा एक्सक्लूसिभ रिसोर्टमा समय बिताइरहेका थिए ।

ranaldo urinating at street3सोमबार राती रोनाल्डोलाई क्लबबाट बाहिर निकिल्दै गरेको र त्यसपछि सेन्ट ट्रोपेजको ओल्ड हार्बर एरियामा एक आईटक्रिम स्टोर अगाडि पिसाब गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । रोनाल्डोले आफूलाई कार पछाडि लुकाउने प्रयास भने गरेका थिए तर, उनलाई प्रहरीले पक्राउ गरेका थिए ।

ranaldo urinating at street2यसरी खेलाडी पिसाब गर्दागर्दै पक्राउ परेको पहिलो पटक भने होइन । यसभन्दा अगाडि इङल्याण्डका क्रिकेटर मोन्टे पानेसरले यस्तो हरकत गरेका थिए ।


  •  
  •  
  •