बलिउड नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहबीचको सम्बन्धका बारेमा यसअघि खासै चर्चा भएन। तर उनीहरूको सम्बन्ध अहिले आएर छताछुल्ल मात्रै भएको छैन, एकसाथ रात बिताएको समाचारसमेत बाहिरिएको छ। उनीहरूले हालै एक रात जोडी बनेर बिताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरू दुवैले गोप्य रूपमा अघि बढाएको सम्बन्धका बारेमा समाचार सार्वजनिक भएपछि अहिले बलिउड तातिएको मात्रै छैन, रणवीर र दीपिकालाई टाउको दुःखाइको विषयसमेत बनेको बताइएको छ।
उनीहरू आगामी फिल्मको सुटिङका लागि फ्रान्स पुगेका थिए। तर दीपिका रणवीरसँग जन्मदिनको अवसरमा रात बिताउनकै लागि त्यहाँबाट एक दिनअघि नै फर्किएको समाचारमा जनाइएको छ। समाचारअनुसार उनीहरूले तुर्कीमा रात बिताएका हुन्। उनीहरू हाल तुर्कीमै रहेका छन् भने जोया अख्तरको फिल्म दिल धड्कने दोंको सुटिङमा पनि यो जोडी व्यस्त रहेको छ।