रणवीरले लखेटे फोटोग्राफरलाई

130
  •  
  •  
  •  

काठमाडौं ३० कात्तिक ।
बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफबीच बिहे हुने निश्चित भएको चर्चा उनीहरूनिकट व्यक्तिबाट चुहिन थालेको छ । सँगै बस्न दुवैले मिलेर मुम्बईमा फ्ल्याट भाडामा लिएका छन् । यति सब हुँदा पनि रणवीरले कहिलेकाहीँ देखाउने हर्कतले उनलाई कट्रिनासँगको आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार गर्न अप्ठ्यारो परेजस्तो देखिने गरेको छ ।

कट्रिनासँग आफू भएका वेला फोटो खिच्ने फोटोग्राफलाई रणवीरले फेरि ‘मिसबिहेभ’ गरेका छन् । यसअघि पनि पटक–पटक उनीबाट यस्तो हर्कत प्रदर्शन भइसकेको छ ।

हालसालै रणवीर र कट्रिना दिवंगत बलिउड निर्देशक रवि चोपडासमक्ष श्रद्धाञ्जली अर्पण गर्न चोपडाको घर गएका थिए । दुवै सँगै बसेका थिए । श्रद्धाञ्जली अर्पण गरेर चोपडानिवासबाट बाहिर निस्किने क्रममा एक फोटोग्राफरले उनीहरूलाई फलो गर्न थाल्यो ।

फोटोग्राफरले आफूहरूको फोटो खिचिरहेको थाहा पाएपछि रणवीरको कन्पारो तातेछ । उनले फोटोग्राफरलाई तथानाम गाली गर्दै एकाएक लखेट्न थाले । उनले फोटोग्राफरलाई भेटाएनन् । फोटोग्राफरको ब्याग उनले फेला पारे र लिएर गए । उनले भोलिपल्ट मात्र फोटोग्राफरको ब्याग फिर्ता गरेका थिए ।


  •  
  •  
  •