वैद्य-माओवादीका इन्चार्ज रानाले दिए पदबाट राजीनामा

398
  •  
  •  
  •  

पाल्पा, ९ पुस(ओएनएस) : नेकपा–माओवादी तानसेन नगर इन्चार्ज, जिल्ला सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल पाल्पाका कार्यबाहक अध्यक्ष दलबहादुर रानाले आफ्नोपदबाट राजीनामा दिएका छन् ।

रानाले पार्टी आफ्नो विधानबाट विचलित भएको र जिल्ला पार्टीका जिम्मेवार व्यक्तिहरूले पनि पार्टी विधान अनुसार काम गर्न नसकेको आरोप लगाउँदै राजीनामा दिएका हुन् । उनले पार्टीको विधी ‘केन्द्रियतालाई ध्यान देऊ जनवाद लागू गर’ बाट पार्टी विचलित हुँदासमस्याको निकास दिन असक्षम भइरहेको बताएका छन् ।

उनी एमाओवादी पार्टी विभाजनपछि केही महिना वैद्य माओवादीमा थिए । पछि एमाओवादीमा नै फर्केका उनी वैद्य-माओवादीमा फर्केर आफ्नो राजनीतिक जीवन चलाइरहेका थिए । तर, उनले अब पार्टीको जिम्मेवारीबाट समेत राजीनामा दिएका छन् ।


  •  
  •  
  •