राणाले भने– नेतृत्वको स्वेच्छाचारीताले नयाँ पार्टी गठन गनुपर्यो

216
  •  
  •  
  •  

Rpp-p-Pashupati-Shamsher-Rana
काठमाडौं, २३ साउन (ओएनएस) : नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपाको नेतृत्वको स्वेच्छाचारीताले नै नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको बताएका छ ।

नयाँ पार्टी गठन गरेपछि पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक गर्दै राणाले कमल थापालाई सहज तरिकाले नेतृत्व हस्तान्तरण गरेको भएपनि स्वेच्छाचारी प्रवृतिले पार्टी एकबद्ध हुन नसकेको बताए । ‘सहज नेतृत्व हस्तान्तरणलाई कमजोरीका रुपमा लिएर पार्टीलाई विजय भएको जस्तै गरी स्वेच्छाचारी ढंगबाट सञ्चालन गर्ने धृष्टता गरियो’, अध्यक्ष राणाले भने ।

पार्टी सञ्चालन एकीकृत पार्टीका नेता कार्यकर्ताको भावना अनुसार नभएको कमल थापामाथि उनको पहिलो आरोप छ । उनले राप्रपाको मूलधार आफूहरू भएको दाबी पनि गरेका छन् ।


  •  
  •  
  •