रणबहादुरको हत्या मैनालीलाई आधिकारिता दिएपछि

492
  •  
  •  
  •  

ranabahadur-bamकाठमाडौ, १९ पुस(ओएनएस) : केशवप्रसाद मैनाली नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टीलाई आधिकारिताको फैसला दिएपछि सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएको खुलासा भएको छ ।

आज प्रहरीले हत्यामा संलग्न चुरेभावर राष्ट्रिय एकता पार्टीका नेता बाबु थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने क्रममा यस्तो खुलासा भएको हो । थापाले आफूविरूद्ध फैसला भएपछि लामो तयारीपछि न्यायाधिष बमको हत्या गरेको स्विकार गरेका छन् । प्रहरीले बाबु थापासहित भगवान थापा, शिवकुमार चौधरी, प्रेम खड्का र सञ्जय इस्लामी मगरलाई शनिबार सार्वजनिक गरेको छ ।

न्यायाधीश बमको २०६९ साल जेठ १८ गते बंगलामुखी दर्शन गरेर फर्कनेक्रममा शंखमुलस्थित युएन पार्कको घाट छेऊमा गोली हानी हत्या गरिएको थियो । गोली प्रहारबाट उनका अंगरक्षक महेश गिरी गम्भीर घाइते भएका थिए ।

रातो पल्सर मोटरसाइकलमा रहेका दुई जनाले बा ८ च ९८५३ नम्बरको सेतो कारमा सवार न्यायाधीश बमको हत्या गरेको थियो ।

सर्लाली ढुंग्रेखोला- ३ निवासी थापा आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका थिए । पार्टी विवाद भइरहँदा उनले तत्कालिन सभासद् तथा पार्टी अध्यक्ष केशवप्रसाद मैनालीका छोरा समीरलाई हरिऔनमा सांघातिक आक्रमण गरेका थिए ।


  •  
  •  
  •