अर्थमन्त्री महतले ढाँचेपछि…

216
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस) : प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादी र विपक्षी मधेसवादी दलहरुको माग सम्बोधनपछि मात्रै आर्थिक वर्षको विनियोजन विधेयकमाथि संसदमा छलफल सुरु हुने भएको छ । सभामुख सुवास नेम्वाङको उपस्थिथिमा सरकार र विपक्षी एमाओवादी तथा मधेसवादी दलका नेताहरुबीच भएको छलफलमा माग सम्बोधनपछि मात्रै संसदमा आर्थिक वर्ष २०७१(७१ को विनियोजन विधेयकमाथि छलफल सुरु गर्ने समझदारी बनेको थियो ।

साउन १५ बाट विनियोजन बजेटमाथि मन्त्रालयगत रुपमा छलफल अघि बढाउने कार्यसूची रहेपनि सहमति कार्यान्वयन नभएको भन्दै विपक्षी दलले सदन अवरोध गर्ने तयारी गरेपछि नेम्वाङको उपस्थितिमा सरकार र विपक्षीबीच समझदारी भएको हो ।
समझदारीपछि सभामुखले आगामी २२ साउनसम्मका लागि संसद बैठक स्थगित गरेका छन् । विनियोजन बजेटमाथि छलफल प्रारम्भ हुनुपहिल्यै संशोधन गरी ती माग सम्बोधन गर्ने त्यसबेलै सरकारसँग भएको सहमतिलाई अर्थमन्त्री रामशरण महतले उल्लघन गरेपछि विपक्षी आक्रोशित बनेका हुन् ।
राजधानीबाट


  •  
  •  
  •