सरकारको राम्रो काममा सहयोग रहन्छ : नेता सिंह

227
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको रचनात्मक काममा आफुहरु सहयोगि बन्न तयार रहेको बताएका छन् ।

शनिबार आफ्नै निर्वाचन क्षेत्रमा आयोजना गरिएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी जस्तो मुलुक संचालनमा समेत दोधारे देखिएकाले सरकारले समृद्धिको नारा लगाए जस्तो सजिलो नुहुने भन्दै जनमतको सम्मान गरेर काम गरेर देखाउन आग्रह गरे ।

यस्तै नेता सिंहले वर्तमान सरकारले समृद्धिको कुरा गर्ने नैतिकता गुमाई सकेको समेत आरोप लगाए ।

उनले भने, ‘यो सरकार काम गर्न त के अरुले गरेको कामको समेत जस लिन अयोग्य साबित भै सकेको ज्वलन्त उदाहरण मेलम्ची खानेपानीबाट स्पष्ट हुन्छ ।’ उनले सरकारकै कारण मेलम्ची आयोजना अनिश्चित बनेको बताए ।

सरकार काम गर्न सकोस् भनेर आफुहरुले सहयोग गर्न चाहेपनि सबैको साथ सहयोग लिएर अघि बढ्नुको साट्टो भाषणबाजिमा लागेर आफुभन्दा फरक विचार राख्नेहरुको मान मर्दन गर्नै मै अलमलिको आरोप नेता सिंहको भनाइ छ ।

नेता सिंहले वर्तमान सरकार बनेपछि कुटनैतिक क्षेत्र समेत विश्वसत हुन नसकेको अन्तर्राष्ट्रिय जगतलाई विश्वासमा लिएर काम गर्न नसकेकोले दिनानुदिन सरकारको कारण मुलुक असफल राष्ट्र बन्न लागेको बताए ।

भनाई कम्युनिष्ट गराई फरक विदेशी सामुआफुलाई सोसल डेमोक्रेटी भन्ने फेरि मुलुक भित्र कम्युनिष्ट भन्न नछाडे तर गराई कस्तो छ सबैले देखे बुझेकै कुरा रहेको समेत उनले बताए ।
मुलुको अर्थतन्त्र डामडोल भैसकेकाले समय छदानै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै नेता सिंहले अब आरोप प्रत्यारोपमा लाग्न नहुने बताए ।

कार्यक्रममा गुज्जेश्वरि बाल शिक्षा माध्यमिक विद्यालय थापाथलीमा अध्ययनरत दुई सय विद्यार्थीलाई पूर्व गर्भनर हिमालय शम्शेर जबराको सहयोगमा प्राप्त विद्यालय पोसाक वितरण तथा यस वर्ष उक्त विद्यालयबाट एसईईमा उतिर्ण विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।


  •  
  •  
  •