एमाले नेता ढकाललाई स्वाइन फ्लूको आशंका

178
  •  
  •  
  •  

Ramnath-Dhakalकाठमाडौं, १५ चैत (ओएनएस) :  नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वसभासद रामनाथ ढकाललाई स्वाइन फ्लूको आशंका गरिएको छ । फ्लूको आशंकापछि ढकाललाई आइतबार अपरान्ह दिल्ली लैजान लागिएको आफन्तले जानकारी दिएका छन् ।

‘उहाँलाई स्वाइन फ्लूको आशंका गरिएको छ, स्वस्थ्यमा सुधार नआएपछि आजै दिल्ली लैजान्छौ, ’ ती आफन्तले भने । ढकाललाई अपरान्ह एयर एम्बुलेन्स्बाट दिल्लीको एपोलो अस्पतालमा लैजान लागिएको हो ।

ढकाललाई काठमाडौंको ग्राण्डी अस्पतालमा दुई दिनअघि छातीमा समस्या देखिएपछि भर्ना गरिएको थियो । अघिल्लो संविधानसभामा एमालेबाट सभासद भएका ढकाल संसदको राज्य व्यवस्था समितिका सभापति थिए । उनी अनेरास्ववियुका पूर्वअध्यक्ष समेत हुन् ।


  •  
  •  
  •