शोकमा डुब्यो ढकाल परिवार (फोटोफिचर)

267
  •  
  •  
  •  

काठमाडौं, २२ चैत (ओएनएस)  : स्वाइन फ्लुबाट संक्रमित एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद रामनाथ ढकालको आइतबार उपचारको क्रममा निधन भएपछि परिवारजन शोकमा डुबेको छ । काठमाडौको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएपछि अस्पताल परिसरमा आफन्तजन एमाले नेता तथा कार्यकर्ता र अन्य शुभेच्छुक पुगेका थिए ।

_AKD1913 _AKD1918 _AKD1925 _AKD1936 _AKD1984 _AKD1984_1 _AKD1987 _AKD2001 ढकाललाई पछिल्लोपटक स्वाइन फ्लु भएपछि चैत्र १५ गते अस्पताल भर्ना  गरिएको थियो। आइतबार मध्यान्हबाट उनको शरिरमा अक्सिजन स्याचुरेशन  एकदम कम हुदै गएको र १०० प्रतिशत अक्सिजन दिँदा पनि उनको अवस्था नसुध्रेका कारण ३० मिनेट कार्डियाक मसाज – सिपिआर गर्दा समेत फर्काउन नसकिएपछि अपरान्ह १ बजेर ४० मिनेटमा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको सोमबार अन्त्यष्टि गरिनेछ ।


  •  
  •  
  •