हरसम्भव प्रयास गर्दा पनि ढकाललाई बचाउन सकिएन : ग्रान्डी अस्पताल

206
  •  
  •  
  •  

Ramnath-Dhakalकाठमाडौ,  २२ चैत ‍(ओएनएस)  : आइतबार निधन भएका नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसभासद रामनाथ ढकाललाई हरसम्भव प्रयासहरुको बावजुद पनि बचाउन नसकीएको ग्राण्डी अस्पतालले जनाएको छ ।

स्वाइन फ्लुले ग्रसित ढकालको आइतबार ग्रान्डी अस्पतालमा निधन भएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले निकालेको बिज्ञप्तिमा भनिएको छ , ‘स्वाइन फ्लुले ग्रसित नेकपा एमालेका नेता रामनाथ ढकालको अस्पतालका तर्फवाट नेपालका बिशेषज्ञ डाक्टरहरु र भारतको मेदान्त अस्पतालका डाक्टरहरुको सहकार्यमा हरसम्भव प्रयासहरुको बावजुद पनि उहाँलाई बचाउन नसकीएको हो ।’

अस्पतालका तर्फवाट नेपालका बिशेषज्ञ डाक्टरहरु र भारतको मेदान्त अस्पतालका डाक्टरहरुको सहकार्यमा हरसम्भव प्रयासहरुको बावजुद पनि उनलाई बचाउन नसकीएको हो ।

उनको उपचारमा बरिष्ठ पल्मोनोलोजिष्ट तथा इन्ट्नसिभिष्ट डाक्टर अर्जुन कार्की, बरिष्ठ मृगौला प्रत्यारोपण तथा मुत्ररोग विशेषज्ञ डाक्टर प्रेम राज ज्ञवाली, बरिष्ठ मृगौला प्रत्यारोपण सर्जन डाक्टर दिव्या सिंह शाह र बरिष्ठ मृगौला रोग बिशेषज्ञ डाक्टर बिष्णु पहाडी संलग्न थिए ।

पछिल्लोपटक स्वाइन फ्लु भएपछि चैत्र १५ गते अस्पताल भर्ना  भएका थिए । अस्पताल भर्ना हुनुअघिनै लिम्फो प्रोलिफिरेटिभ  डिजिज र लिम्फ नोडको क्षयरोगबाट पिडित रहेको अस्तपालले जनाएको छ । पछिल्लोपटक स्वास प्रश्वासको संक्रमण भएपछि उनी ग्राण्डी अस्पतालमा भर्ना भएका थिए ।

अस्पताल आउँदा नै  स्वाईन फ्लु रहेको र मृगौलामा पनि गम्भिर समस्या देखिएको थियो । उनलाई तत्काल आइसियूमा भर्ना गरीएको थियो । अक्सिजन कम भएका कारण उहाँलाई भेण्टिलेटरमा राखियो, मृगौला कमजोर भएका कारण नियमित डायलाईसिसमा राखियो । यसबीचमा उनको स्वास्थ्य सुध्रने र बिग्रने क्रम जारी थियो ।

आइतबार मध्यान्हबाट उनको शरिरमा अक्सिजन स्याचुरेशन  एकदम कम हुदै गएको र १०० प्रतिशत अक्सिजन दिँदा पनि उनको अवस्था नसुध्रेका कारण ३० मिनेट कार्डियाक मसाज – सिपिआर गर्दा समेत फर्काउन नसकिएपछि उनको अपरान्ह १ बजे ४० मिनेटमा उहाँको निधन भएको हो ।

अखिल पाँचौँका कार्यकताका रुपमा  राजनीति थालेका ढकाल २०४८ सालमा अखिलको केन्द्रीय महासचिव हुँदै २०५० सालमा हेटौँडामा सम्पन्न अधिवेशनबाट अखिलको केन्द्रीय अध्यक्ष हुनुभएका ढकाल २०५१ सालको मध्यावधि निर्वाचनमा गुल्मी क्षेत्र नम्वर १ बाट निर्वाचित हुनु भएको थियो।  एमालेमा सक्रिय रहेर लुम्बिनी अञ्चल इन्चार्ज समेत हुनुभएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित ढकाल संसदको राज्यव्यवस्था समितिका सभापति समेत हुनु भएको थियो ।


  •  
  •  
  •