एमाले नेता ढकाललाई आज अन्तिम विदाइ

215
  •  
  •  
  •  

काठमाडौं २३ चैत । हिजो आइतबार निधन भएका एमाले युवा नेता रामनाथ ढकालको सोमबार अन्तिम विदाइ हुँदैछ। ढकालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान पार्टी मुख्यालय बल्खुमा राखिएको छ। आज सोमबार नै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार हुनेछ।

ढकाललाई श्रद्धाञ्जली दिनका लागि बिहानदेखि बल्खुमा पार्टीका नेता, कार्यकर्ता, आफन्तजन र शुभचिन्तकको भीड लागेको छ। स्वाइनफ्लुबाटसमेत संक्रमित एमाले पोलिटब्युरो सदस्य रामनाथ ढकालको उपचारका क्रममा आइतबार दिउँसो ग्रान्डी अस्पतालमा निधन भएको थियो। अस्पतालका अनुसार सघन उपचारकक्षमा उपचार गराइरहेका ढकालको दिउँसो १स्४० बजे निधन भएको हो।

उनको स्वाइन फ्लुमात्र नभएर अरूरोगका कारण निधन भएको अस्पतालले जनाएको छ। अस्वस्थ भएपछि उनलाई चैत १५ गते ग्रान्डीमा भर्ना गरिएको थियो।

शोकमा डुब्यो ढकाल परिवार (फोटोफिचर)


  •  
  •  
  •