काठमाडौं १७ असार (ओएनएस) : गायक रामकृण्ण ढकाल घरबिहिन बनेकाछन् । लालीगुँरास सहकारीले सँस्था लिमिटेडले उनको घर लिलामी गरेपछि ढकालको परिवार घरविहिन बनेको हो । सहकारीबाट लिएको ८० लाख ऋण नतिरे पछि बाध्य भएर सँस्थाले घर लिलामी गरेको हो ।
शहकारीले पटक–पटक ऋण तिर्नका लागि सार्वजनिक सूचना जारी गर्दा समेत ढकालले बेवास्ता गरेपछि शहकारीले ढकालको घर जफत गरेको हो । ढकाल घर फिर्ता गरिदिनका लागि मन्त्रिदेखि उच्च सरकारी सचिवहरु बर्षमान पुन, शंकर कोइराला लगायत विभिन्न शक्ति केन्द्रहरुको शरणमा पुगेको समाचार बाहिरीएको छ । गायक ढकाल आफुले सबै पैसा बुझाइसके पनि सहकारीले बदनियतपुर्ण ढंगले यस्तो चपेटामा पारेको बताउदै आएका छन् ।