चाडबाड मनाउने बहानामा भिडभाड नगरौँ : रामकृष्ण ढकाल

80
  •  
  •  
  •  

मैले त विन्ती बिसाको रिसानी माफ होस् ज्यानलाई फकाको
यो मायामा चिनी मिसाको मुस्कानमा थोरै थोरै मह मिसाको
रिसानी माफ होस् ज्यानलाई फकाको मैले त विन्ती बिसाको
हे जदौ माया जदौँ रिडीमा काली मिसाको
हे जदौ माया जदौँ कालीमा रिडी मिसाको

अहिले विश्व परिवेश यो कोभिड १९ को प्रकोपबाट आक्रान्त छ र नेपाल र नेपाली पनि यसबाट प्रभावित छौँ । दिनप्रतिदिन यसको प्रकोप बढिरहेको छ । धेरै मानिसको ज्यान पनि यसले लिइसकेको छ ।

रामकृष्ण ढकाल

अहिले हामीले धेरै सजगता अपनाउने उपाय जानिसकेका छौँ, बुझिसकेका छौँ । चाडबाड दशैँमा भने तिहार हाम्रो नजिक छ । चाडबाड भन्ने बित्तीकै हामी रमाइलो माहौलमा जान्छौँ र यो सही कुरा पनि हो । कोरोना कोरोना भनेर दिमागमा राखिरहेको मनस्थितिबाट चाडबाडले हामीलाई पर पनि लैजान्छ ।

चाडबाड मनाउने बहानामा हामीले भिडभाड गर्ने, भौतिक दुरी कायम नगर्ने गर्दा अझै यसको प्रकोप बढेर हाम्रो जनधनको अझै क्षति हुन सक्छ । हामी सबैले बुझेका छौँ, खालि यसलाई व्यवहारमा इमान्दारिताको साथ उतार्न मात्र हामीले पहल गर्नुपर्छ ।

म यहाँहरु सबैलाई आग्रह गर्न चाहन्छु, म आफू पनि सजग भएर मेरो काम गरिरहेको छु । यहाँहरु पनि चाडबाड भनेर भिडभाड गरेर कोरोनाको सम्बन्धमा गरिनुपर्ने आफ्नो समझदारीबाट टाढा नहुनुहोस् ।

यसप्रति समझदारी अपनाइदिनुहोला । मास्कलाई कहिलै नबिर्सिदिनुहोला । हामी विभिन्न ठाउँमा जान्छौँ, धेरै चिजहरु छुन्छौँ र त्यही हातलाई पछि हामीले नाक मुखमा लाँदा भाइरस हामीभित्र छिरेर सक्रमण पैदा गर्छ ।

त्यसैले, जहाँ साबुन पानीको व्यवस्था छैन स्यानिटाइजर बोकेर हिडौँ । बेला–बेलामा त्यसको प्रयोग गरौँ, घरमा आएपछि राम्रोसँग हात धुऔँ, मास्क लगाउँ, यसबाट सजगता अपनाउँ सुरक्षित रहुँ र अरुलाई पनि सुरक्षित रहने वातावरण सृजना गरौँ । आफू बचौँ अरुलाई पनि बचाउँ ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम ‘कोरोनाका कुरा’ मा गायक ढकालसँग गरिएको कुराकानीको सम्पादीत अंश)


  •  
  •  
  •