काठमाडौं विश्वविद्यालयकाे उपकुलपतिमा पुनः माकाजु

461
  •  
  •  
  •  

ramkantha makajuकाठमाडौं, ७ माघ (ओएनएस) : काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा पुनः रामकण्ठ माकाजु नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माकाजुलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

केयूको उपकुलपति पद डेढ महिनादेखि रिक्त रहेको थियो । २ साताअघि उपकुलपति सिफारिस समितिले माकाजूसहित ५ जनाको नाम सिफारिस गरेको थियो ।
शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको ३ सदस्यीय सिफारिस समितिले माकाजु, भद्रमान तुलाधर, मनप्रसाद वाग्ले, भोला थापा र जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो ।


  •  
  •  
  •