मधेसी मोर्चा बैठकमा रामजनम !

220
  •  
  •  
  •  

काठमाडौं १ असोज ।
मधेसी मोर्चाबाट निश्कासित विजयकुमार गच्छदारका महासचिव रामजनम चौधरी बिहीबारको मोर्चा बैठकमा बसिरहेथे । यो संवाददाता छक्क पर्‍यो, चार मधेसी दलसम्बद्ध मोर्चा बैठकमा फोरम लोकतान्त्रिकका यी नेता कसरी पुगे ? रामजनमसम्बद्ध दल त अर्कै मोर्चामा छ, संघीय लोकतान्त्रिक मोर्चामा ।
तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, तमसपा अध्यक्ष महेन्द्र राय यादव र सद्भावना महासचिव मनिष सुमनसगै रामजनम मुसुमुसु हास्दै बसिरहेका भेटिए ।
‘तपाईं त अर्कै मोर्चाको बैठकमा भेटिनुभयो, कसरी त्यहा पुग्नुभयो ?’ मैले सोधें ।
सुरुमा त थारु सभासद् समन्वय मञ्चका संयोजकसमेत रहेका रामजनम हच्किए । तर पछि सम्हालिएर जवाफ फर्काए, ‘म उहाँहरुको बैठकमा भाग लिन गएको होइन । उहाँहरुले आन्दोलनको सेड्युल कुन कुन मितिमा कहाँ कहा तय गर्नुहुन्छ, त्यसका आधारमा हाम्रो आन्दोलनको मिति तय गरु भनेर हेर्न पो गएको त ।’

कुरो बुझियो । कुनै समय आपसमा तिक्त सम्बन्ध रहेका थारु मधेसी नेताहरु पछिल्ला दिनमा मोर्चाबन्दी नगरे पनि समझदारीपूर्वक आन्दोलन अघि बढाइरहेका छन् । थारुका आन्दोलनमा मधेसी दलले सघाउछन्, मधेसीलाई थारुले ।

रामजनमलगायत थारु नेताको आन्दोलनलाई मधेसी सभासद् क्लबले समर्थन व्यक्त गरिसकेको छ । मुद्दाहरुमा एकरुपता ल्याएर छिट्टै आपसमा मोर्चाबन्दी गर्ने सम्भावना रहेको दुवै मोर्चाका नेताहरु बताउछन् ।

मधेसी मोर्चाको एक दल उपेन्द्र यादवनेतृत्वको फोरम फोरेर गच्छदारले अर्को फोरम लोकतान्त्रिक बनाएपछि आजसम्म दुई नेताबीच सम्बन्ध चिसिएको छ । यो सम्बन्ध कसरी सुधि्रने हो, त्यो त भविष्यले देखाउला ।
कान्तिपुरबाट


  •  
  •  
  •