चालु आवको तीन महिनामा १२.६ प्रतिशतले बढ्यो रेमिट्यान्स

78
  •  
  •  
  •  

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सोही अवधिमा २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको पहिलो सोहि अवधिमा रेमिट्यान्स ५.१ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ७.६ प्रतिशतले बढेर दुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९६.८ प्रतिशतले घटेको छ । यस अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन महिनामा ७८.६ प्रतिशतले घटेको छ ।

बैदेशिक रोजगारीमा जानेको संख्या घटेपनि यस अवधिका अबैधानिक हुन्डी कारोबार रोकिएर बैधानिक रुपमा आउने रेमिन्यान्स बढेको हो । समिक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भएर २ अर्ब ८६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो खुद ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।


  •  
  •  
  •