सरकारले इच्छाशक्ति देखाए आगामी वर्ष स्थानीय निर्वाचन : फुयाँल

407
  •  
  •  
  •  

भक्तपुर, २३ चैत(ओएनएस) : नेकपा एमालेका नेता एवं सांसद रामेश्वर फुयाँलले सरकारले आगामी २०७३ साल भित्र स्थानीय निकायको निर्वाचन गर्नु पर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा उनले स्थानीय निकायको निर्वाचन गर्न एमाले लगायत अन्य दलहरूको निश्क्रिय रहेको भन्दै दु:ख व्यक्त गरेका छन् ।

उनले स्थानीय निकायको निर्वाचन गर्ने इच्छा शक्ति सरकारले देखाएमा आगामी वर्षभित्र हुने उनको टिप्पणी छ । नेपालमा स्थानीय निकायको निर्वाचन, विद्यार्थीको स्ववियू र कर्मचारीको आधिकारीक ट्रेड युनियन हुन नसक्दा देशले गति लिन नसकेको उल्लेख गर्दै जतिसक्दो चाँडो निर्वाचन गर्नुपर्ने आवश्यकता उनले औल्याए ।

एमालेभित्र पार्टी केन्द्रीय विभाग र सल्लाहकार कमिटि गठन गर्ने सन्दर्भमा केही विवाद भए पनि त्यो सामान्य भएको दाबी गर्दै फुयाँलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सफल नेतृत्वले सानातिना सबै विवाद मिल्ने विश्वास व्यक्त गरेका थिए ।


  •  
  •  
  •