वनमन्त्रीसँग विवाद भएपछि राजीनामा बुझाउँदे चुरे संरक्षण अध्यक्ष

213
  •  
  •  
  •  

काठमाडौँ, १० मंसिर(ओएनएस) : वनमन्त्री अग्नी सापकोटासँग विवाद बढेपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष रामेश्वर खनालले राजीनामा दिने तयारी गरेका छन् । स्रोतका अनुसार चुरे क्षेत्रमा सभासद्सँग अन्तरक्रियाको निम्तो बुझाउन बुधबार वन मन्त्रालय पुगेका अध्यक्ष खनाल र वनमन्त्री सापकोटाबीच भनाभन भएपछि खनालले बिहिबार राजीनामा बुझाउन लागेका हुन् ।

मन्त्री सापकोटाले आफूलाई असहयोग गरेको भन्दै असन्तुष्टी जनाएका थिए भने उनले आफूलाई नसोधी कार्यक्रम गरेको भनेर झर्केको स्रोतको भनाई छ । तर, खनालले निम्तो बुझाउन गएको कार्यक्रम भने वार्षिक कार्यक्रम अन्तर्गतकै भएका कारण मन्त्रीसँग अग्रिम स्वीकृति लिनुनपर्ने बताइएको छ ।

संरक्षण समितिले आगामी १५ गते चुरे क्षेत्रमा सभासदसँग अन्तक्रिया गर्ने कार्यक्रम थियो । खनाल वनमन्त्री सापकोटालाई प्रमुख अतिथिको निम्तो दिन मन्त्रालय पुगेका थिए ।

२०७१ असार २ गते तत्कालीन वनमन्त्री महेश आचार्यको प्रस्तावमा मन्त्रिपरिषदले झापादेखि डँडेल्धुरासम्मको क्षेत्रलाई चुरे संरक्षण क्षेत्र घोषणा गर्दै संरक्षण समिति गठन गरेको थियो । मन्त्रिपरिषदकै निर्णयमा खनाल अध्यक्ष नियुक्त भएका हुन् । समिति वन मन्त्रालयअन्तर्गत छ ।


  •  
  •  
  •