लोकतान्त्रिक फोरमका उपाध्यक्ष यादव माओवादी केन्द्रमा प्रवेश

667
  •  
  •  
  •  

rameshwor-raya

सर्लाही, १४ भदौ (ओएनएस) : लोकतान्त्रिक फोरमका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय यादव माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओबादी केन्द्रको सर्लाहीमा आज आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरम लोकतान्त्रिकका उपाध्यक्ष यादवलाई पार्टिमा प्रवेश गराए ।

माओबादी केन्द्रमा यादवसहितका फोरम लोकतान्त्रिकबाट सयौं नेता कार्यकर्ताहरु प्रवेश भएका छन् । रायको माओवादी प्रवेश प्रवेश भएसंगै प्रदेश नम्बर २ मा थप पकड भएको माओबादी केन्द्रले जनाएको छ ।

मधेशबाट प्रतिनिधित्व गर्ने नयाँ शक्तिका रामचन्द्र झा, सदभावना पार्टीका संस्थापक महासचिव अनिस अन्सारीलगायतका नेताकार्यकर्ताहरु यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ माओबादी केन्द्रलाई पहिलो हुनबाट कसैले नरोक्ने दाबी गर्दै आएका छन् ।

उपाध्यक्ष यादवले साउन २४ गते आफ्नो राजीनामा  पार्टीमा बुझाएका थिए । 


  •  
  •  
  •