नुवाकोट जस्तापाता काण्ड : संसदीय समितिले थाल्यो छानविन

152
  •  
  •  
  •  

काठमाडौं, २१ (ओएनएस) : नुवाकोटमा विद्यालयलाई वितरणका लागि इन्भेष्टमेन्ट बैकले उपलब्ध गराएको जस्तापाता गत शुक्रबार नुवाकोटबाट काठमाडौं फर्काउँदै गरेको विषयमा संसदीय छानविन सुरु भएको छ । भूकम्पका भएको क्षति, सरकारले गरिरहेको उद्दार राहतको काम र संसद्बाट पारित शंकल्प प्रस्तावका विषयमा अनुगमनका लागि गठन भएको विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले त्यस घटनाको छानविन सुरु गरेको हो ।

मंगलबारका विशेष समिति बैठकमा एकीकृत नेकपा माओवादीकी सांसद रेखा शर्माले राहत वितरणमा अनियमितता भएको भन्दै उदाहरणका रुपमा नुवाकोटको जस्ता फिर्ता प्रकरण प्रस्तुत गरेकी थिइन् । शर्माले प्रश्न उठाउँना साथ समितिको सभापति समेत रहेका सभामुख समेत सुवास नेम्बाङले त्यसबार छानविन सरू भइसकेको जानकारी गराएका थिए ।

‘नुवाकोटको जस्तापाताका विषयमा समिति अन्तर्गत समितिले गर्ने काम, सरकारलाई दिने निर्देशन लगायतका विषयमा प्रस्ताव निर्माण गर्न गठीत उपसमितिले काम गरिरहेको छ’ नेम्बङले भने, ‘समितिले सम्बन्धित जिल्लाको दैविप्रकोप उद्धार समितिका प्रमुखलाई सोधेर जानकारी संकलन गरिरहेको छ, त्यसका विषयमा यथार्थ जानकारी आएपछि समितिले आवश्यक निर्णय गर्छ ।’ उनले जस्तापाताका विषयमा समिति ध्यानाकर्षण भईसकेको भन्दै थप प्रश्न उपसमितिले प्रतिवेदन बुझाएपछि मात्र उठाउन पनि सुझाव दिए ।

नुवाकोट जस्तापाता काण्ड : सम्बन्धित समाचारहरु 

गाडी धनीबाट महतको संलग्नता बारे जानकारी

जस्तापाता काठमाडौं फर्काउन खोजिएको सवारी धनीको दावी

‘जस्तापाता काण्ड’मा मुछिएपछि अर्थमन्त्रीका ‘पिए’ले दिए राजीनामा’

नुवाकोट ‘जस्ता काण्ड’ को छानविन गर्न एमाओवादी प्रमुख सचेतकको माग

अर्थमन्त्रीका ‘पिए’को पत्रकार सम्मेलनमा प्रश्नकर्तामाथि गालामा चड्कन

राहतको जस्ताको अबैध व्यापार, गाउँ पुगेको जस्ता काठमाडौं फर्काउँदै गर्दा नियन्त्रणमा

समिति बैठकमा सांसद्हरुले एकद्वार प्रणाली लागु भएको घोषणा गर्ने मन्त्रीहरु नै आफू खुसी राहत वितणमा संलग्न भएका कारण सरकारको निर्णय कार्यान्वयनमा समस्या रहेको बताएका थिए । उनीहरुले दलका शक्तिशाली नेता, सरकारका मन्त्री र ठुला एनजीओ तथा आइएनजीओले राहत वितरणमा घोषणा गरिएको र आवश्यक समेत रहेको एकद्वार प्रणालीलाई असफल पारेको अरोप लगाए ।

‘सत्तारुढ दलका शक्तिशाली नेता र मन्त्रिदेखि ठुला एनजीओ, आइएनजीओले आफू खुसी राहत वितरण गरेका कारण राहत वितरण एकद्वार प्रणलीबाट हुन नसकेको देखियो’ तनहुँ जिल्लाका स्थलगत भ्रमण सकेर फर्किएका सांसद भानुभक्त ढकालले भने, ‘राहत वितरणमा समेत राजनीतिक रंग प्रदान गरेर विभेद गर्दा जनतामा राजनीति प्रति नै निरासा छाएको पाइएको छ ।’

‘राहत पहुँचवालाका हातमा गएको छ, हामी गएका ठाउँमा सरकारका रहेका दलका मान्छेलाई राहत बढी गएको भन्ने छ’ सांसद् प्रेम सुवालले भने, ‘एक द्वार प्रणाली भएन भन्ने मन्त्रीहरु नैं पोका बोकेर घरघर गएपछि कसरी लागु हुन सक्छ एकद्वार प्रणाली ?’ उनले एनजीओ, आइएनजीओले गाउँमा मनोमानी गरिरहेको तर सरकारसँग त्यसको तथ्यांक समेत नभएको बताए ।

‘कसले कति बाडेका छन् भन्ने तथ्यांक सरकारसँग छ कि छैन, छै भने सरकार पनि छैन भन्ने बुझिन्छ’ उनले भने । उनले सरकारले राहत वितरणका लागि गत १० गते दिएको निर्देशन पालना नगरेको भन्दै कडा निर्देशन दिन र कार्यान्वयन नगर्नुको कारणबारे स्पष्टीकरण लिन माग गरे । उनले प्रभावित क्षेत्रमा राजनीतिक दललाई बद्नाम गर्ने खेल भइरहेका भन्दै नुवाकोट जस्तापाता प्रकरणले पनि राजनीतिक दललाई थप बद्नाम गर्ने बताइन् ।

उनले नुवाकोटमा जस्तापताका प्रकरणलाई छानविन गर्न र त्यसका विषयमा उचित निर्णय लिन माग गरिन् । नुवाकोटबाट जस्तापता काठमाडौं फिर्ता गराउने प्रशरणमा अर्थमन्त्रीका तात्कालिन स्वकीय सचिव समेत रहेका नुवाकोट कांग्रेसका सचिव रमेश महत मुछिएका छन् ।


  •  
  •  
  •