उपसभापति पौडेलको विपक्षीलाई प्रश्न : बन्द र संविधानसभा बहिष्कार कस्कोबिरुद्ध ?

420
  •  
  •  
  •  

ramchandraकाठमाडौं, २९ पुस (ओएनएस) : नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमओवादी नेतृत्वको ३० दलले गरेको बन्दको औचित्य नभएको बताएका छन् ।

सत्तारुढ काँग्रेस–एमालको शीर्ष नेताहरुको बैठकपछि उपसभापति पौडेलले भने – “आजको बन्द संविधान र संविधानसभाविरुद्धको कार्य हो । ’

पौडेलले विपक्षीलाई प्रश्न गर्दै भने ‘बन्दको आयोजना गरेर राष्ट्रलाई अवरुद्ध गर्ने काम भएको छ, जुन अनुचित कार्य हो, सडक आन्दोलन र संविधानसभाको बैठक बहिष्कार कस्को विरुद्ध गरिएको हो ?”

साथै उनले बन्द नेपाली जनताको भावना र चाहनाविरुद्ध रहेको बताए । उनले माओवादीले बन्द गरेर संविधानसभालाई नै त खत्तम पार्न आरोप लगाए ।

राजनीतिक दलले आ–आफ्ना माग र भनाइ सडकमा होइन, संविधानसभाको बैठकमा राख्न सकिने भन्दै माओवादीलाई संवादमा आउन आग्रह गरे ।

‘नेपाली जनताले संविधान बनाउन पठाएका राजनीतिक दल सडकमा आन्दोलनमा उत्रनु कत्तिको सुहाउँदो विषय हो ? पौडेलले आक्रोस पोखे ।


  •  
  •  
  •