साम्यवादीले समस्या समाधान गर्न दिएनन् : पौडेल

82
  •  
  •  
  •  

चितवन, ३ असार (ओएनएस) । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले साम्यवादी र अधिनायकवादीहरुले समस्या समधान गर्न नदिएको आरोप लगाएका छन् । उनले साम्यवादीहरुले सधैँ समस्या जन्माउने तर समधान नगर्ने गरेको बताए ।

नेपाली काँग्रेस भरतपुर नगरपालिका वडा नं ७, ८ र ९ ले मंगलबार कृष्णपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सबैखाले गतिरोध उनीहरुबाटै उत्पन्न भएको दाबी गरे ।
उपसभापति पौडेलले लोकतान्त्रिक संविधान बन्ने पक्कापक्की भएको बताउँदै अबको ठूलो दायित्व कांग्रेसको काँधमा आएको बताए । संसदीय प्रणाली अंगिकार गर्न नदिन कांग्रेसलाई घेराबन्दी गर्नेकार्य भइरहेको भन्दै उनले कांग्रेस आफ्नो अडानबाट पछाडि नहट्ने बताए ।


  •  
  •  
  •