काठमाडौँ, २१ चैत(ओएनएस) : नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिने भएका छन् ।
आइतबार बसेको पौडेल समर्थित नेताहरूको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी २४ गते निर्वाचन हुँदैछ । संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवा आफैँ संसदीय दलको नेतामा लड्ने भएका छन् ।
नेता पौडेल कांग्रेस महाधिवेशनमा सभापति देउवासँग पराजित भएका थिए । कांग्रेसका २ सय ७ जना सांसद रहेका छन् ।