कांग्रेसमा पौडेल दवावमा, देउवा नछाड्ने

172
  •  
  •  
  •  

काठमाडौं १३ चैत (ओएनएस) : नेपाली कांग्रेसको संसदीय दलको चुनावका विषयमा आज टुङगो लाग्ने भएको छ । संसदीय दलको नेताको चुनाव गर्न गठन भएको समितिले आज मिति तय गर्नेछ । दलका नेताको चुनाव गराउन गठित समितिले प्रमुख नेताहरुसँग छलफल भइसकेको र यसको अन्तिम साता चुनाव गर्ने गरि आज मिति तय गर्ने तयारी भएको जनाएको छ । समितिको बैठक गर्ने दुईवटा मिति प्रस्ताव गरिएको छ ।

केही दिनअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको नेताको चुनाव गराउन रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । पौडेलका नाममा सहमति गराउने उहाँ पक्षको प्रयास अहिलेसम्म सफल भएको छैन ।


  •  
  •  
  •