चितवन, २९ फागुन(ओएनएस) : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको प्राथमिकता सरकार नभएको बताएका छन् ।
चितवनमा प्रेस युनियनले आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले अहिले सरकारको नेतृत्व गरिरहेको भन्दै सरकारले राम्रो काम गरून्जेल कांग्रेसमा जान हतार गर्न नहुने भनाई राखेका छन् । उनले वर्तमान सरकारले राम्रो काम गरे सरकार ढाल्न नपर्ने बताएका छन् ।
उनले महाधिवेशनमा भएको आफ्नो पराजयलाई सामान्य रूपले लिएको प्रजातन्त्रमा जित र हार सामान्य भएको टिप्पणी गरेका छन् । उनले सभापति पदमा पराजित भएपनि पार्टीलाई एकताबद्ध र बलियो बनाउन आफू लागि पर्ने र यसका लागि सभापति शेरबहादुर देउवालाई आफूले सहयोग गर्ने बताएका छन् ।
उनले पार्टी बलियो भएमात्र नेता बलियो हुने भन्दै पार्टीमा भागबण्डाको राजनीति गर्न नहुने विचार व्यक्त गरेका छन् । उनले नेतृत्वले उचित मूल्यांकन गरेर सबैलाई क्षमता र दक्षताका आधारमा उचित ठाऊँ दिनुपर्ने बताएका छन् ।