कुनै हालतमा संविधानको प्रक्रिया रोकिँदैन : उपसभापति पौडेल

80
  •  
  •  
  •  

ramchandra-paudelविराटनगर, २ फागुन(ओएनएस) : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी मोर्चाको आन्दोलनले संविधान निर्माणको प्रक्रियालाई कुनै फरक नपर्ने बताएका छन् ।

प्रेस युनियन मोरङले शनिबार आयेाजना गरेको पत्रकार भेटघाटमा पौडेलले आफूहरूले सबै दललाई संविधान निर्माणको कार्यमा सहभागी गराउन लागी परेको बताएका छन् । उनले सहमतिमा संविधान निर्माणका लागि संविधानसभाको बैठक स्थगित गरिएको बताए । उनका अनुसार संविधानसभाको बैठक १० दिपछि बस्नेछ । तर, सहमति हुन नसके र एमाओवादी मोर्चा वार्तामा आऐर सहमतिका लागि तयार नभए पनि संविधान निर्माण प्रक्रिया नरोकिने प्रष्ट पारे । उनले भने, ‘एमाओवादी मोर्चा गर्ने प्रर्दशन त के सुनामी आएपनि संविधान निर्माणको प्रक्रिया रोकिने छैन ।’

उनले आफूहरू अहिले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । कांग्रेस उपसभापति पौडेलले मधेसी नेताहरूले देशको भौगोलिक यर्थात विपरित आफ्नो राजनीति जोगाउनका लागि अनावश्यक नारा मात्र लगाएको आरोप लगाए ।


  •  
  •  
  •