दाउरामा पाक्दैछ नेता पौडेलको खान्की

164
  •  
  •  
  •  

ramchandra paudel kitchen
दाउरामा खाना बनाउँदै पौडेल पत्नी

काठमाडौं, ७ मंसिर(ओएनएस) : नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलको घरमा नाकाबन्दीको प्रभाव परेको छ ।

नाकाबन्दीका कारण इन्धन अभाव सर्वसाधरणले झेलिरहेका बेलामा कार्यबाहक सभापति पौडेलको भान्सा खाना पकाउने ग्यास सक्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ । पौडेलले आफ्नो फेसबुक पेजमा मेरो घरमा नाकाबन्दीको यस्तो प्रभाव भनेर दाउरा बालेर श्रीमतीले खाना पकाइरहेको फोटो पोष्ट गरेका छन् ।

पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीका अनुसार पौडेलको भान्सामा ग्याँस सकिएको २ साता भन्दा बढि भएको छ । अधिकारीका अनुसार कार्यबहाक सभपाति पौडेलले नाकाबन्दीले सर्वसाधारण जनताले सास्ती बेहोर्नु परिरहेका बेला आफूले किन पदको दुरुपयोग गर्ने भन्दै दाउरामा खाना पकाउन आफ्नी पत्नीलाई आग्रह गरेका थिए ।

पौडेलले ग्यासका लागि शक्तिको दुरुपयोग नगर्न निर्देशन दिएको अधिकारीले बताए । ‘अहिले मुलुक संकटमा छ । राष्ट्रिय संकटको बेला सबै मिलेर जानुपर्छ । पहिला जनताको मर्का बुझ्नु पर्छ’, पौडेलको भनाइ उदृत गर्दै सहयोगी अधिकारीले भने, ‘जुनदिन जनताले पनि सहज रुपमा पाउँछन् त्यही दिन हामी पनि ल्याउला अहिले दाउरामा पकाउँदा केहि हुदैन ।’


  •  
  •  
  •