काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
शुक्रबार माइतीघरमा आन्दोलनरत किसानहरूलाई भेटेर नेता पौडेलले ऐक्यबद्धता जनाएका हुन् । उनले किसानलाई धेरै दुःख नदिई उनीहरूका माग पूरा हुने वातावरण तयार गर्न र ठगी गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरे ।
नेता पौडेलले समाजवादउन्मुख राज्यमा किसानको अवस्था यसप्रकारको हुनु दुःखद भएको बताए । चिनी मिलले उखुको मूल्य भुक्तानी नगरेपछि उखु किसानहरू पाँच दिनदेखि माइतीघरमा चिसो भुइँमा आन्दोलनरत छन् ।
यस्तै शुक्रबार उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्ट पनि ऐक्यबद्धता जनाउन उपस्थित भएका थिए ।