मापदण्डअनुसार नै संवैधानिक निकायमा नियुक्ति हुनुपर्ने पौडेलको माग

79
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले तोकेको मापदण्डअनुसार नै संवैधानिक निकायमा नियुक्ति हुनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री, विपक्षी दलका नेता या सभामुखले आफ्नै अनुकूलका मान्छे नियुक्ति गर्ने हो भने आयोगहरुको औचित्य नरहने उनको भनाई छ।

सामाजिक सञ्जालमार्फत् आफ्ना धारणा राख्दै पौडेलले भनेका छन्, ‘पछिल्ला दिनमा संवैधानिक निकायका निर्णय र कृयाकलापबाट जनता निराश भएका छन्। देश र जनतालाई सुशासन दिलाउन अख्तियार लगायतका संवैधानिक निकायको निष्पक्षता, तटस्थता र स्वतन्त्रता अपरिहार्य छ। त्यसका लागि संविधानले तोकेको मापदण्डबाट यताउती नगरी संवैधानिक परिषदले समाजका विश्वसनीय र भरपर्दा व्यक्ति खोजेर आयोगहरुका प्रमुख आयुक्त र आयुक्तहरु नियुक्त गर्नुपर्छ।’


  •  
  •  
  •