राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

68
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्।

उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्।  उनी तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभातर्फ ३१३ जनाले र प्रदेशसभातर्फ ५१८ जना सदस्यले मतदान गरेका थिए।


  •  
  •  
  •