‘संविधानसभा बहिष्कार गर्छु भन्नु हतास मनस्थितिको उपज’

223
  •  
  •  
  •  

ramchandra-paudelदमौली, १९माघ (ओएनएस) :  नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपक्षी दलहरुले संविधानसभा गर्छु भन्नु हतास मनस्थितिको उपज भएको बताएका छन् ।

गृह जिल्ला तनहुँ आइपुगेका पौडेलले दमौलीमा आयोजित एक कार्यक्रममा भने, ‘ एमाओवादी र मधेशवादीले संविधानसभाको समिति बहिष्कार गर्नु र संविधानसभा नै छाड्छु भन्नु हतास मनस्थितिको उपज हो । तत्काल वार्तामा आउन आग्रह गर्छु । संविधाननिर्माणमा वार्ताको ढोका खुल्ला राख्दै प्रक्रिया भने अगाडी बढाउँछौ ।’

जनताको संविधान निर्माणको चाहनालाई पुरा गर्न पनि बाहिर रहेका एकीकृत माओवादी र मधेशीमोर्चालाई संविधान सभामा आई संविधान निर्माणमा साथदिन उनले आग्रह गरे ।

विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानकै मर्म अनुसार संविधान बनाउने तयारीमा आफुहरु रहेको पौडेलले बताए ।

विपक्षीहरु वार्तामा आए कांग्रेस र एमालेले ल्याएका ९ बुँदेमा पनि सुधार र परिमार्जन गरी लचकताका साथ प्रस्तुत हुने सोच आफुहरुले बनाइरहेको उनले प्रष्ट पारे । राप्रपा नेपालले पनि संविधानसभा बहिष्कार गरेको छ नी? भन्ने जिज्ञासामा कांग्रेस नेता पौडेलले एक दुई दिनमै उनीहरु प्रस्ताव निर्माण समितिमा आउने विश्वास व्यक्त गरे ।

कहिलेसम्म संविधान बन्ला त ? भन्ने अर्को जिज्ञासामा उपसभापति पौडेलले सहमति नभएको अवस्थामा प्रक्रियाले कति समय लिन्छ त्यसैलाई ध्यानमा राखी छिटै संविधान निर्माण हुने बताए ।


  •  
  •  
  •