रामचन्द्र पौडेल भन्छन् : म पोथी मौरी, अरु भाले मौरी

311
  •  
  •  
  •  

ramchandra-paudelकाठमाडौ, ७ बैशाख(ओएनएस) :  नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा दुईथरि मौरी रहेको बताएका छन्  ।

उनले तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसमा रहेका भाले मौरीले बसेरमात्र खाएको बताए ।उनले आफुले पार्टी र संगठनमा पोथी मौरीले जस्तै दुख गरेको र गरिरहने बताए ।

उपसभापति पौडेलले भने, ‘नेपाली कांग्रेसका दुईथरि मौरी छन्, एकथरि भाले मौरी जस्ता जो बसेरमा मात्र खाने, अर्को थरि पोथी मौरी जस्ता सधै काम गरिरहने ।’

उपसभापति पौडेलले आफु सधै पार्टीभित्र भागबण्डाको राजनीतिको बिरोधमा रहेको बताउदै पार्टीको १३ औं महाधिवेशनमा आफु भागबण्डाको राजनीतिक अन्त्य गर्नेतर्फ लाग्ने स्पष्ट पारे ।

उनले एमाओवादी लचक भएकाले संविधान लेखन प्रक्रिया अब सहमतिमा नै बढ्ने समेत दाबि गरे । पौडेलले भने, ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल जी संविधान लेखनका लागि अत्यन्तै सकारात्मक देखिएको मैले पाएको छु, अब सहमतिमा नै संविधान लेखन प्रक्रिया अगाडि बढ्छ ।’


  •  
  •  
  •