नेतृत्वको हचुवा शैलीले पार्टी शक्तिहिन बन्यो : पौडेल

188
  •  
  •  
  •  

ramchandra paudel
तनहुँ, ११ भदौ (ओएनएस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको हचुवा शैलीले पार्टी शक्तिशाली बन्न नसकेको आरोप लगाएका छन् ।

तनहुँ दमौलीमा आज विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टी नेतृत्ववको कार्यशैलीप्रति इंगित गर्दै हचुवा शैलीमा काम गर्ने परिपाटीले कांग्रेस पार्टी शक्तिशाली बन्न नसकेको धारणा राखे ।

उनले संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनाइ थियो ।

सोही क्रममा बोल्दै पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताए । प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुने विरोधी शक्ति पनि सहभागी हुने उनले बताए ।


  •  
  •  
  •