देश फेरि प्रतिगमनतर्फ जाने खतरा बढ्योः पूर्वराष्ट्रपति

174
  •  
  •  
  •  

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश फेरि प्रतिगमनतर्फ जान सक्ने बताएका छन् ।
बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवन पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले नेपालको लोकतन्त्रमा फेरि कालो बादल छाएको बताए ।
उनले प्रतिगमनको अवस्था आउन सक्ने भएकाले सचेत रहन जनतालाई आग्रह गरेका छन् ।
दुईदुई पटक संसद विघटन भएपछि अदालत, पाँच दलीय गठबन्धन, नागरिकसमाज, मिडिया र हरेक नेपालीको प्रयासले संविधान ट्रयाकमा आएको उनको भनाइ छ ।


  •  
  •  
  •