आफ्नो अनुमोदन बारे बोले राष्ट्रपति यादव

149
  •  
  •  
  •  

काठमाडौं २७ साउन (ओएनएस) :
राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच सोमबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री राष्ट्रपतिको सरकारी निवास पुगेका थिए।

करिब ४५ मिनेट भएको छलफल एकआपसको स्वास्थ्यलाभको कामना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमण, संविधान निर्माण प्रक्रिया र सरकारी कामकारबाहीका सम्बन्धमा केन्द्रित रहेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। राष्ट्रपतिले राष्ट्रपति उपराष्ट्रपति अनुमोदन गर्ने कुरा असंवैधानिक भएको भन्दै आपत्ति जनाएका छन् । यसअघि भएको सहमतिलाई सच्याउन पनि राष्ट्रपतिले सुझाव दिएको स्रोतले बताएको छ।


  •  
  •  
  •