राष्ट्रपतिले बोलाए दलहरुलाई शीतल निवासमा

234
  •  
  •  
  •  

Ram-Baran-Yadav_1काठमाडौं ३ माघ (ओएनएस) : संविधान जारी गर्न दलहरुले प्रतिवद्धताा जनाएको माघ ८ को समयसिमा अनिश्चित बन्दै गइरहेका बेला राष्ट्रपति डा.रामवरण यादव सहमति जुटाउन सक्रिय बनेका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आग्रहमा उनले शनिबारदेखि दवावमुलक छलफल गर्दैछन् ।

राष्ट्रपति रामवरण यादवले पनिसत्तारुढ दल र विपक्षी मोर्चासँग शितल निवासमा आज साँझ छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम छ । दिउँसो ४ बजेदेखि सुरु गर्ने छलफल साँझ ६ बजेसम्म जारी रहनेछ । यसअघि उनले नेताहरुसँग छुट्टा छुट्टै परामर्श गरिसकेका छन् । पहिलो चरणमा सत्तासिन दल र दोस्रो चरणमा विपक्षी मोर्चासँग छलफल हुनेछ ।


  •  
  •  
  •