राष्ट्रपति यादव आजदेखि बाढी प्रभावित क्षेत्रमा

100
  •  
  •  
  •  

काठमाडौं ५ असोज (ओएनएस) :
राष्ट्रपति डाक्टर रामवरण यादवले बाढी प्रभावित पश्चिम नेपालका जिल्लाहरुको निरीक्षण गर्ने भएका छन् । गत साउनको अन्तिम साता आएको बाढिपहिरोका कारण भएको क्षति र विस्थापीतहरुको अवस्था बुझ्न राष्ट्रपति यादव आजदेखि पश्चिम नेपालका सुर्खेत, बर्दिया, बाँके र दाङको निरीक्षणमा जान लागेका हुन् । राष्ट्रपति यादवले सबैभन्दा पहिले सुर्खेतमा भएको मानविय तथा भौतिक क्षतिका बारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपती यादव बिहान १० बजे सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुग्ने कार्यक्रम रहेको छ । यस्तै भोलि राष्ट्रपतिले बाँके र बर्दिया जिल्लाको पनि निरिक्षण गर्नुहुनेछ । असोज ७ गते भने राष्ट्रपति यादवले दाङमा बाढि र पहिरोले पु¥याएको क्षतीका बारेमा अबलोकन गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •