रामवरण कि गिरिजाप्रसाद ?

197
  •  
  •  
  •  

काठमाडौं ४ चैत ।  ‘गणतन्त्र नेपाल’ का पहिला राष्ट्राध्यक्ष को ? कांग्रेस नेतृ सुजाता कोइरालाको दाबीअनुसार उनका पिता गिरिजाप्रसाद कोइराला नै  ‘गणतन्त्र नेपाल’ का पहिला राष्ट्राध्यक्ष हुन्।
२०६४ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजसंस्था उन्मूलन गरेको थियो र त्यसअघि राजसंस्था निलम्वित हुँदाको अवस्थामा राष्ट्राध्यक्षको कार्यभार कोइरालाले प्रधानमन्त्री पदसँगै अतिरिक्त रुपमा सम्हाल्दै आएका थिए । तर उनी कहिल्यै राष्ट्राध्यक्ष नियुक्त भएनन्।
२००८ जुलाइ २१ मा डा.रामवरण यादव संविधानसभाबाट राष्ट्रपति निर्वाचित भएका हुन् । र उनलाई नै गणतन्त्र नेपालको पहिला राष्ट्राध्यक्षका रुपमा सरकारी विवरणमा मान्यता दिइएको छ।
गिरिजापुत्री सुजाताले अध्यक्षता गरेको जीपी कोइराला फाउन्डेशनले कोइरालाको पाँचौ वार्षिक पुण्य तिथिमा आयोजना गर्न लागेको एक विचार गोष्ठीमा कोइरालालाई गणतन्त्र नेपाल नेपालको प्रथम राष्ट्राध्यक्षका रुपमा प्रस्तुत गरेको छ ।
विचार गोष्ठीका लागि तयार गरिएको निमन्त्रणापत्र यस्तो छ /
अन्नपूर्णपोष्ट

  •  
  •  
  •