काठमाडौं २८ माघ (ओएनएस) : दलहरुबीच बढीरहेको धुव्रीकरण र संविधान निर्माण प्रक्रियालाई अघि बढाउने विषयमा राष्ट्रपति र सभाध्यक्षबीच छलफल सुरु भएको छ । यसअघि पनि चरणवद्ध छलफल गरेका राष्ट्रपति रामबरण यादवले आज फेरि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बोलाएका छन् ।
बिहान शीतल निवासमा भएको हुने छलफलमा विपक्षीलाई सहमतमा ल्याउने उपायका विषयमा छलफल हुनेछ । राष्ट्रपति यादवले सहमतिका लागि दवाव दिइरहेका छन् ।
भेटमा संविधान निर्माणको काम, दलहरुबीचको विवाद र समाधानको उपायलगायतका विषयमा छलफल हुने राष्ट्रपतिको कार्यालयले जनाएका छ । यसअघि पनि राष्ट्रपति यादवले सत्तापक्ष र विपक्षी नेताहरुसँग छुट्टा छुट्टै छलफल गरिसकेका छन् ।