दाङ, २६ पुस (ओएनएस) : नेकपा–माओवादीका महासचिब रामबहादुर थापा (वादल)ले माघ ८ मा संविधान आएको भोलिपल्टै जलाउने चेतावनी दिएका छन् ।
दाङको तुलसीपुरमा शनिबार महासचिव बादलले माघ ८ मा आउने संविधान जनताको संविधान नहुने जिकिर गर्दै आएको भोलिपल्ट माघ ९ गते जलाउने चेतावनी दिएका हुन् ।
उनले आफुहरुले त्यसकालागि चरणवद्ध रुपमा माघ ९ गते सम्म आन्दोलनको घोषणा गर्नुको औचित्य त्यहि भएको समेत उनले वताए । थापाले भने ‘पहिलो संविधानसभा जनताको थियो तर त्यसलाई षड्यन्त्रमुलक ढंगवाट विघटन गरियो र अहिलेको दोस्रो संविधानसभाको कुनै ओचित्य छैन यो नौटङ्कि मात्रै हो, यसको खारेजि हुनुपर्छ ।’ अहिले यथास्थितिवादीहरु हावि रहेकोले यो संविधानसभाले अग्रमणकारी र परिवर्तणलाई आत्मसाथ किसिमको संविधान दिनै नसक्ने उनको जिकिर छ ।
एक फरक प्रशंगमा उनले नवगठित ‘विप्लव’ पक्षलाई घोर दक्षिणपन्थीको संज्ञा दिएका छन् । विप्लब पक्षको दाङको तुलसीपुरमै राष्ट्रिय सम्मेलन जारी रहेकै समयमा शनिवार यहाँ आएका उनले भने ‘त्यो नव गठित पार्टी कुनै क्रान्तिकारी पार्टी पनि होईन, उनीहरुले तत्काल कुनै क्रान्ति गर्न सक्ने हैसियत नै राख्दैनन् । रुपमा क्रान्तिकारी जस्तो देखिएपनि, सारमा उनीहरु दक्षिण पन्थि नै हुन ।’
उनले नवगठित विप्लब पक्षको माओवादीलाई शत्ताको लागि पार्टी फुटाएको आरोपपनि लगाए । महासचिव थापाको चन्दपक्षलाई अर्काै आरोप थियो ‘पहिला सत्तामा जाने कुरा ५० प्रतिसत थियो, तर आजकल सुन्दै छु दाङको तुलसीपर सम्म आईपुग्दा सत्तामा उनीहरुले ८० प्रतिसत भागवन्डाका लागि वार्गेनिङ गरिरहेका छन् ।’ त्यो वाहेक उनीहरुको राष्ट्रिय सम्मेलनले तय गर्ने अर्काै प्रमुख एजेन्डा भनेको ‘राष्ट्रिय राजनिति सभा वा सर्वेपक्षिय भेला’ नै हुने उनले ठोकुवा गरे ।
जो कुरा हामीले उठाउँदै आएको प्रमुख मुद्दा हो । बैद्यका महासचिव थापाले भने, ‘ विप्लव’हरुको विभाजन वालहठ जस्तै हो, यो अप्रत्यासित थियो, सत्ता र पदको लालचको उच्च नमूना थियो ।’ टुटफुटले क्रान्तिकारी शक्ति अर्थात माओवादी कमजोर बनेको स्वीकार गरेका उनले नयाँ आधारमा क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।