राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ

744
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य सर्लाही बरहथवाका रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर

बुधबार दिउँसो यादवलाई मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हरिपुर नगरपालिकाबाट पक्राउ गरेको हो ।

यादवलाई सार्वजनिक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पीडितबाट जाहेरी संकलन गरेपछि प्रहरीले ठगी मुद्दा चलाउने योजना बनाएको छ ।  करिब सय जना पीडितले न्याय माग्दै मंगलबार नेकपाका शीर्ष नेता, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेटेर गुनासो गरेका थिए ।


  •  
  •  
  •